
कैलाली । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीमा एमालेको झण्डा गाडेको भन्दै धनगढी-१९ मा नेपाली काँग्रेसका युवाहरूले नेकपा एमालेका एवम् सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।

प्रदेश सांसद चौधरी आफैँ सवार रहेको से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका छन् ।
बिज्ञापन



उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । सांसद चौधरी प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिका सभापति हुन् । समितिको सभापति भएपछि उनले गाडी सुविधा पाएका थिए ।