
काठमाडौँ । सुनको मुल्य शुक्रबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएको छ । यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो ।
बिज्ञापन



शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ ।
बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबा एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।