६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौँ : कोरोनाविरुद्धको फाइजर खोपकाे ६ लाख डाेज नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप शुक्रबार काठमाडौं आइपुगेको हो ।

नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ ।

बिज्ञापन

नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा लगाई सकिएको छ। जसमध्ये कम्तिमा एक मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २४ लाख ४५ हजार ९ सय ३० जना रहेका छन्।

त्यसैगरि पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ८२ हजार २ सय ४७ जना पुगेको छ। गत वर्षदेखि हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन् ।

केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ। हाल ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ।