भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : नेपालका कतिपय स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना छ। अधिकांश भेगमा भने सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

बिज्ञापन

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार, तराईको सिराहा, सप्तरी जनकपुर क्षेत्र तथा चितवन, भैरहवा आसपासमावर्षा भएको छ।

 

त्यस्तै, पूर्वी पहाडी र पश्चिमका केही भेगमा मौसम बदलीको अवस्था छ। देशभर वर्षाको ठूलो प्रणालीको विकास भएको छैन। तर एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको अर्यालले बताए।

 

वर्षा कम हुँदा देशका उच्च, मध्यम र साना नदीमा बहाव सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। अर्यालका अनुसार, सिन्धुली, गोरखा, दाङ, रुकुम रोल्पा, लमजुङ, पाल्पा, स्याङ्जा, पश्चिम राप्ती, बबईलगायतका नदीको बहाव न्यून रहनेछ। तर त्यस आसपासका साना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना रहेको छ।