बाँकेमा बाघले फेरि लियो एक जनाको ज्यान

बाँके । बाँकेमा घास-दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ । प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका-६ का ६० वर्षीय धनबहादुर चलाउनेको आज बिहान मृत्यु भएको हो।

चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए ।

बिज्ञापन

उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । चलाउनेलाई बाघले घिसारेर लगेको थियो ।

उनको शव १० बजेतिर फेला परेको थियो । बाँकेमा असोजयता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।