
कञ्चनपुर – जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छिन् ।

परिवारका सदस्यलाई जानकारी नदिइकनै उनि घरबाट निस्केकी हुन् । उनि हालसम्म परिवारको सम्पर्कमा नआएकोपरिवारले जनाएको छ ।
बिज्ञापन



श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् ।

“घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन”, उनले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् ।