भारत महाराष्ट्रको एक अस्पतालमा आगलागी, कम्तीमा १० जनाको ज्यान गयो

एजेन्सी : भारतको महाराष्ट्र राज्यस्थित अहमदनगरमा जिल्लामा रहेको सिभिल अस्पतालको आईसीयू वार्डमा आगो लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ।

स्थानीय जिलाधिकारी राजेन्द्र भोसलेले घटनाको पुष्टि गरेका छन्। तर, अल इन्डिया रेडियोले उक्त आगलागीमा ११ जनाको मृत्यु भएको जनाएको छ।

बिज्ञापन

आईसीयू वार्डमा २५ जना उपचाररत रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ।