मेचीनगरको एसएस फुटवेयरमा आगलागी

झापा — मेचीनगर नगरपालिका–६ मा रहेको जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भएको छ ।

बिजुली सट भएर बिहीबार दिउँसो एसएस फुटवेयरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले छिमेकी नगरपालिका भद्रपुर र बिर्तामोडका दुई दमकल आगो निभाइरहेका छन् ।

आगलागी अझैं नियन्त्रणमा आएको छैन ।

आगलागी निभाउन दमकलसँगै प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।