राप्रपा अध्यक्ष राणाद्वारा स्वास्थ्य सामग्री सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

अध्यक्ष राणाले सहयोगस्वरूप उपलब्ध गराएको स्वास्थ्य सामग्री सिन्धुपाल्चोकस्थित ईलाका स्वास्थ्य कार्यालय, मेलम्चीलाई बुधबार हस्तान्तरण गरिएको छ ।

बिज्ञापन

‘कोरोना महामारीले मानव जातिलाई नै आक्रान्त तुल्याएको छ । यसै क्रममा सिन्धुपाल्चोक जिल्लामा समेत कोरोना संक्रमणको दर बढ्दो छ । यस अवस्थामा सफा सुग्घर रहने, सामाजिक दूरी कायम गर्ने लगायत सबै किसिमका सावधानी अपनाउन, सजग र सुरक्षित रहन सिन्धुपाल्चोकबासीलाई म आह्वान र अनुरोध गर्दछु,’ सामग्री गर्ने हस्तान्तरण गर्ने क्रममा राणाले भने ।

राणाले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, ह्यान्ड स्यानीटाइजर, गगल्स, फेस शील्ड, बुट कभर, परिक्षण पन्जा समावेश छन् । राप्रपाका जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष र अन्य नेतामार्फत ईलाका स्वास्थ्य कार्यालय प्रमुखलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।