
काठमाडौं । सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ छ ।

यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।
बिज्ञापन



चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।
