माथिल्लो तामाकोशी जलविद्युतको अवलोकन गर्न प्रधानमन्त्री दोलखामा

दोलखा । नेपाली कांग्रेसका सभापति एंवम् प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन् ।

उनी शनिबार आज बिहान हेलिकप्टरमार्फत् दोलखा पुगेका हुन्। देउवाले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्ने उनको सचिवालयले जनाएको छ।

बिज्ञापन

प्रधानमन्त्री देउवाले शनिबार नै रामेछाप पुगेर खिम्ती पावर सव-स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ। खिम्ती सव-स्टेसन २२०-१३२ केभी क्षमताको हो ।

यो केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सव(स्टेसन रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।