सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

छापावाल सुन सोमबार ९२ हजार प्रतितोला रहेकोमा मंगलबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिज्ञापन

त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय कायम भएको छ।

चाँदीको मूल्यमा समेत गिरावट आएको छ। सोमबार १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ११९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।