
काठमाडाैँ : आज देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज दिउँसो र राति देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको हो। तर, अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
बिज्ञापन



