
काठमाडौं : टियु मैदान किर्तिपुरमा जारी त्रिकोणात्मक टी२० क्रिकेट शृखंला अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सो खेल आज दिउँसो १:१५ बजेेेेबाट सुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल शृखंलामा दोस्रो जितको खोजीमा घरेलु मैदानमा उत्रदा मलेसिया भने पहिलो जितको खोजीमा रहनेछ ।
बिज्ञापन



नेदरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ । तर, घरेलु मैदानमा नेपालमाथी जित निकाल्न मलेसियालाई सहज भने हुनेछैन ।
