
एजेन्सी । बेलायतको दक्षिण पश्चिमस्थित प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ । बिहीबार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् ।

पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बेलायतको प्रहरीले जानकारी दिएको छ । गोली लागेर गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिज्ञापन



आक्रमणमा १० वर्षीय बालकको पनि मृत्यु भएको छ । यो घटनाबारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
