जिप दुर्घटना एक जनाको मृत्यु

दमक / डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप केआइसिंह गाउँपालिका–५ केदारगाउँमा जिप दुर्घटना भएको हो।

बिज्ञापन

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याएको थियो।

लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरी निरीक्षक नवराज रावलले आइतबार बिहान ९ः३५ बजेको समयमा मोडमा जिप अनियन्त्रित भई दुघर्टना भएको बताए। उक्त दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने जिप चालक हरिचन्द्र चौधरीसहित आठ जना घाइते भएका हुन्। घाइते हुनेहरूमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ५० वर्षीया चनादेवी चन्द, सोही ठाउँका ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द छन्।

त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएकी छन्।

घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।

जिप सडकबाट एक सय मिटर तल खसेको जनाइएको छ।