घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला तीन सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

बिज्ञापन

त्यसैगरी चाँदीको मूल्य आज बढेको छ । चाँदी आज तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।