तोलामै ६०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो ।

गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

त्यस्तै यता तेजाबी सुनको मूल्य आज प्रतितोला ५५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।