
एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको फ्रान्स र वेल्सले मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा फ्रान्सले वेल्समाथि ३–० गोलको सहज जित निकालेको छ । बिहिवार बिहान फ्रान्सस्थित एलियान्ज रिभेरामा सम्पन्र भएको खेलमा घरेलु टोली फ्रान्सलाई जिताउन किलियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान र ओस्मान डेम्बेलेले समान १/१ गोल गरे ।

पाहुना टोली वेल्स खेलको २४औँ मिनेटमा दस खेलाडीमा सीमित भएको थियो । वेल्सका नेको विलियम्सले रातो कार्ड पाएका थिए । उक्त १० खेलाडीमा समेटिएको वेल्समाथि फइदा उठाउँदै२७औं मिनेटमा पाएको पेनाल्टीमा असफल हुँदा फ्रान्स सुरुवाती अग्रता बनाउन चुकेको थियो । यसै खेलमार्फत राष्ट्रिय टोलीमा फर्किएका करिम बेन्जेमा पेनाल्टीमा चुकेका थिए ।




तर ३४औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पहिलो हाफभरि फ्रान्सलाई १–० गोलको अग्रता दिलाए । त्यस्तै दोस्रो हाफको खेलको ४७औँ मिनेटमा ग्रिज्म्यानले गोल गरेपछि फ्रान्सले आफ्नो अग्रता दोब्बर बनायो । ७९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३–० गोलको जित दिलाए ।