नेपाली बजारमा आज सुनको मूल्य ५ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोलामा ५ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिज्ञापन

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३ सय रुपैयाँ कायम भएको छ ।