६७ वर्षीया युगमाया जसले एसईई ‘डी’ ग्रेडमा उत्तीर्ण गरिन | OmkarTimes.com

काठमाडौं । लगनशिलता र दृढ इच्छाशक्ति सफलता हात पार्न सकिन्छ भन्ने कुरा ओखलढुङ्गाको लिखु गाउँपालिका–६ की युगमाया कार्कीको सफलतालाई हेरे पुग्छ ।

 

बिज्ञापन

युगमायाले आज (बिहीबार) सार्वजनिक भएको एसईई नतिजामा १.५ जीपीए ल्याउँदै डी ग्रेडमा उत्तीण भएकी छन् । उत्प्रेरणा महिला माविमा अध्ययन गरेकी उनले सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौँ परीक्षा दिएकी थिइन् ।

 

पढ्ने उमेर घरायसी कामकाजमै घर्किए पनि उनले आफूभित्रको पढ्ने धोकोलाई त्यतिकै थन्काइनन् । बरु प्रौढ उमेरमा पनि पढ्न सकिन्छ भन्दै आँट गरिन् जसका कारण अहिले उनी सफल समेत भइन् ।