भारतबाट शैक्षिक योग्यताको प्रमाणपत्र बनाएका अस्थायी शिक्षकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका निम्न माध्यमिक तहका अस्थायी शिक्षक हुमलाल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

हुमला शैक्षिक योग्यताको प्रमाणपत्र गोरखपुर विश्वविद्यालय भारतबाट बनाएको पाइएकोले भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन