
एभीसी सेन्ट्रल जोन भलिबल पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको छ ।

आज मङ्गलवार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग तीन–शून्यको सोझो सेटमा हारेको हो । उज्वेकिस्तानले नेपाललाई २५–१५, २५–१७, २५–२२ ले हराएको हो ।
बिज्ञापन



यो हारसँगै नेपाल प्रतियोगितामा चौथो बनेको हो । दुई वर्षअघि नेपालमै भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपालले यस पटक पदकका लागि प्रतिस्पर्धा गरे पनि असफल भयो । यसैबीच एभीसी सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जितेको छ ।

बङ्गलादेशको ढाकामा भएको खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपालले उपाधि जितेको हो ।