प्रधानमन्त्री भन्छन- `दशैँसम्ममा सरकारमाथि लागेको आलोचना समाप्त हुन्छ´

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँसम्ममा सरकारमाथि लागेको आलोचना समाप्त हुने बताएका छन्।

 

बिज्ञापन

ओलीले मदन भण्डारीको ६८ औँ जन्मजयन्तिमा आयोजित ‘विचार गोष्ठी’ मा यस्तो बताएका हुन् । साथै उनले आर्थिक वर्ष सकिन अझै १५–१६ दिन बाँकी रहेको र यसबीचमा पार्टी एकीकरण प्रकिया पूरा हुने विश्वास दिलाए।

 

प्रधानमन्त्री ओलीले सरकारले अहिले राम्रो काम गरिरहेको बताउँदै लोकतन्त्रको रक्षा सुदृढ र कार्यान्वयन गर्नु सुशासन र विकास हासिल गर्ने कुरामा सरकार स्पष्ट र दृढ रहेको बताए। उनले भने ‘जनतामा रहेको सरकारप्रतिको विश्वास डगमगाउन दिने छैनौँ। सुशासन कायम गरिन्छ, भ्रष्टाचार गर्न पनि दिन्न र गर्दिनँ पनि।’

 

उनले फरक प्रशंगमा काठमाडौँमा मास्क लगाएर कोही हिँड्नु नपर्ने बताएका छन्।