
साताको तेस्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले घटेर ८६ हजार ७०० रुपैयाँ कायम भएकाे छ । त्यस्तै तेजाबी गोल्ड ८६ हजार २५० रुपैयाँ कायम भएको छ ।

हिजो सोमाबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो । साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामै ५०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कायम भएकाे छ ।
बिज्ञापन



