भारतमा बस र टेम्पो ठोक्किएः १३ जनाको मृत्यु

एजेन्सी । भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ ।यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष समावेश छन् ।राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ ।मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना जताएका छन् ।

बिज्ञापन