
दक्षिण कोरिया सरकारले विदेशी नागरिकलाई नि:शुल्क रूपमा कोरोना परीक्षण गर्ने भएको छ । कोरियाको ‘मिनिस्ट्री अफ जस्टिसले गैरकानुनी रूपमा बसेकाहरूलाई समेत निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो ।

दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे नसोधी परीक्षण गरिनेछ । कोरियामा रहेका नेपालीहरूलाई दूतावासले कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।
बिज्ञापन



कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनि त्यहाँ बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । कोरिया सरकारले रोजगारीका लागि आएका विदेशी कामदारलाई नि:शुल्क कोरोना खोप र परीक्षण गर्दै आएको छ ।
