
मंगलबार द्रुत परीक्षण विधि र्यापिड टेस्टको क्रममा कोरोना पोजेटिभ देखिएका ६ जनाको कोरोना हो वा हैन आज एकिन हुने भएको छ ।




मंगलबार र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि स्वाब निकालेर परीक्षणमा पठाइएको थियो ।

जसमा काभ्रे र सप्तरीका २/२ र धादिङ र गोरखामा १/१ जनाको स्वाब परीक्षण गर्न पठाइएको छ ।
र्यापिडबाट पूर्ण एकिन हुन नसिकिने भएको कारण पीसीआर विधिबाट पुनः परीक्षण गरेर एकिन गरिने गरेको छ ।
यसअघि बाग्लुङमा र्यापिड टेस्टमा पोजेटिभ देखिएको महिलाको पुन परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको थियो ।
त्यस्तै, सनसिटी अपार्टमेन्टमा बस्ने ३ जना र्यापिड पोजेटिभ देखिएकोमा २ जनाको पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको थियो ।
१ जनाको भने पीसीआरबाट निर्क्यौल गर्न नसकेपछि पुनः परीक्षणमा पठाइएको छ ।
पीसीआर प्रविधिबाट परीक्षण गरिएकोमा हालसम्म नेपालमा १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ जना निकाे भइसकेका छन् ।