चाउचाउको कार्टुनभित्र स्रोत नखुलेको ५० लाख रुपैयाँ

काठमाडौँ : सौर्य एयरलाइन्सको उडानबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको ५० लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा विराटनगरबाट काठमाडौं आएको सौर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ मा भद्रपुर लेखिएको रातो रंगको ब्यागमा उक्त रकम भेटिएको हो।

बिज्ञापन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीका अनुसार ब्यागभित्र लुकाएर राखेर रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र श्रोत नखुलेको ५० लाख भेटिएको हो।

भन्सार क्लियर पनि नगरिएको नेपाली रुपैयाँ १००० दरका ४९५० वटा र ५०० दरका १०० वटासहित ५० लाख रुपैयाँ फेला पेको उनले बताएका छन्।

उक्त रकम बरामद भएपछि संकलन गर्न आउने सौर्य एयरलाइन्सका सहयोगीका रुपमा कार्यरत रेसा शाक्य पोखरेललाई पनि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको मैनालीले बताए।