नेपाली बजारमा बढ्यो आज सुन र चाँदीको मूल्य

काठमाडौंँ : आज नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य रुपमा बृद्वि भएको छ । सोमबार सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ८६ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

बिज्ञापन

त्यस्तै, तेजाबी सुन आज ८५ हजार ७ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बृद्धि भई १२ सय ६५ रुपैयाँ कायम भएको छ ।