
आज साँझ काठमाडौंमा ६:५३ देखि ७:३४ सम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्दैछ। नेपाली पात्रोमा प्राथमिकता नदिईएता पनि यो चन्द्रग्रहण वैज्ञानिकहरूका लागि भने अध्ययनको विषय हो।नांगो आँखाले नदेखिने हुँदा यस ग्रहणलाई त्यति प्राथमिकता दिइएको छैन।

पश्चिमी मुलुकहरूमा ‘सुपर ब्लड मुन’ अर्थात चन्द्रमा रगतजस्तो देखिने वैज्ञानिकहरुले बताएका छन्। बुधबारको चन्द्रमा पूर्णिमामा अरूबेला देखिनेभन्दा चम्किलो र अझ रातो देखिने हुँदा सुपर ब्लड मुन भनिएको हो। यो सुपर ब्लड मुन नेपालमै देखिने हो की भन्ने पनि कतिपयले ठानेका छन्।



नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार नेपालबाट सुपर ब्लड मुन देखिने छैन।एकैसाथ पूर्णिमा, चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने (सुपर मुन) र खग्रास चन्द्रग्रहण हुने हुँदा चन्द्रमा रातो हुने अध्यक्ष भट्टराईले बताए। आज चन्द्रमा पृथ्वीभन्दा करिब ३ लाख ५७ हजार ३११ किलोमिटर टाढा हुनेछ। सुपर मुन हुँदा माइक्रो मुनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी उज्यालो देखिन्छ।
