
दाङ । घोराही उपमहानगरपालिका–१० जलौरामा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ भने प्रहरीले सो घटनामा संलग्न सातजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय राजन चौधरीमाथि बिहेको भोजमै कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएपछि प्रहरीले कुटपिटमा संलग्न सातजनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
बिज्ञापन



