राष्ट्र बैंकका गभर्नरका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ताहरू

काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई सरकारले गरेको निलम्बनविरूद्ध दिएको रिटमाथि आजबाट सुनुवाइ हुँदै छ ।

अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती र कृष्णप्रसाद भण्डारीले बहस गर्दै छन्।

बिज्ञापन

अधिवक्ता टीकाराम भट्टराईले पनि अधिकारीको पक्षमा बहस गर्नेछन्।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा आज पहिलो सुनुवाइ हुन लागेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।गत चैत २५ गते सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए ।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।