
दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस सर्लाहीमा दुर्घटना भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–४ मा भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आज बिहान चार बजे ना ५ ख ४४८८ नम्बरको बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।
बिज्ञापन



दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
