नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठक साढे दुईबर्षपछि आज बस्दै,

नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठक आज बस्दैछ । व्यापार र पारवहन सन्धिमा भएका व्यवस्थाको पुनरावलोकन गर्न दिउसो भिडियो कन्फरेन्स बैठक हुन लागेको हो ।

बैठकमा नेपाल र भारतका सीमा क्षेत्रमा एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाहलगायतका पूर्वाधार निर्माणको विषयमा पनि छलफल हुनेछ । नेपालले भन्सार विन्दुको स्तरिकरण गर्ने विषयमा पनि कुरा उठाउने तयारी गरेको छ ।

बिज्ञापन

बैठकमा नेपालको प्रतिनिधित्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र भारतको समकक्षी अनुप वाधवानले टोलीले गर्नेछन । हरेक दुई बर्षमा बैठक हुँदै आएको भएपनि कोरोना भाइरस संक्रमणका कारण यो पटक आठ महिनापछि सचिवस्तरीय बैठक हुन लागेको हो । यसअघि २०७५ वैशाखमा काठमाडौंमा वाणिज्य सचिवस्तरिय बैठक भएको थियो ।

नेपालको कुल व्यापारको ६५ प्रतिशत व्यापार भारतसँग मात्रै हुन्छ । भारतसँग नेपालको वार्षिक व्यापार घाटा ६ खर्ब ६५ अर्ब रुपैँया छ ।