
काठमाडौं : नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी-२० क्रिकेट प्रतियोगिता नहुने भएको छ।

सोमबार पानी परेर नेपाल र जिम्बावेको खेल वर्षाका कारण स्थगित भएको थियो।
बिज्ञापन



क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ् गर्दै गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन जोड्दा वर्षाभएपछि खेल रोकिएको थियो।

सोमबार नै खेल केही समयपछि सुरु हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएपनि पछि पानी परेका कारण खेल स्थगित भएको थियो।
क्यानले यसअघि टी-२० का लागि पहिलो खेल शनिबार, दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुने तालिका सार्वजनिक गरेको थियो।