सुनको मूल्यमा सामान्य गिरावट,

नेपाली बजारमा साताको पहिले दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार तोलाको ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) तोलामा २०० रुपैयाँले घटेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

बिज्ञापन

आज तेजावी सुन तोलामा २०० रुपैयाँले नै घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी, आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी आज प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।