फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य पुनः बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

बिज्ञापन

आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ