
बारा । घुस लिएको रकमसहित जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतो बुधवार पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले महतोलाई १० हजार रूपैयाँ घुसको रकमसहित रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
पुरानो मुद्दाको पेशी चढाई चाँडै सकिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा कलैया पुगेको टोलीले कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो।
पक्राउ परेका महतोलाई आवश्यक अनुसन्धानका लागि हेटौंडामा लगिएको छ।

बिज्ञापन



