अध्ययनले देखायो २७ प्रतिशत बढी नेपालीको मास्क चिउँडोमा !

काठमाडौं – काठमाण्डौ उपत्यकामा करिव २८ प्रतिशत मानिस मास्क नै नलगाइ सार्वजनिक ठाउँमा जाने गरेको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा गरेको अध्ययनमा ७२ प्रतिशत मानिसले मात्रै मास्क लगाउने गरेको र २८ प्रतिशतले मास्क नै नलगाउने गरेको पाइएको परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले जानकारी दिए ।

बिज्ञापन

मास्क लगाउनेमध्ये पनि २७ दशमलव ३४ प्रतिशत मानिसले मास्क सही तरिकाले नलगाएको पाइएको छ । उनीहरुमध्ये केहीले नाक देखाएर, केहीले चिउँडोमा लगाएको र कहीले हातमा समेत बोक्ने गरेको पाइएको डा. ज्ञवालीले बताए ।

यस्तै मास्क लगाउनेमध्ये १५ दशमलव आठ प्रतिशत मानिसले कपडाको मास्क लगाउने गरेको पाइएको छ ।

परिषद्ले यही साउन २१ र २२ गते दक्ष जनशक्ति खटाएर जनस्वास्थ्य मापदण्ड अर्थात् सामाजिक दुरी, मास्कको प्रयोग र साबुन तथा स्यानिटाइजरको प्रयोगबारेमा अध्ययन गरेको थियो ।