
विराटनगर, १४ साउन । प्रदेश १ मा वुधबार ९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा। सुरेश मेहताले जानकारी दिनुभयो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ । प्रदेश १ मा वुधबार ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा।मेहताले जनाकारी दिनु भयो।



प्रदेश १मा साउन १४ गते सम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सो मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का जिल्लाहरुमा सवै भन्द बढी झापा जिल्लामा मात्र ३ सय ४५ जना संक्रमितहरु छन, भने मोरङमा २ सय ८३ पुगेका छन् ।

यसै गरी सुनसरीमा १ सय २५ पुगेको छ भने धनकुटामा १६ , भोजपुरमा ६, खोटाङमा १२, ,उदयपुरमा ८७ ,सोलुखुम्बुमा ५ , संखुवासभामा ५ जना, तेह्रथुममा ८ जना इलामामा ३४ जना , पाँचथर ७ ताप्लेजुङमा ११ जना र ओखलढुङगामा १७ जना संक्रमितहरु रहेका छन् भने अन्य ५ जना रहेको सो मन्त्रालयले जनाएको छ ।