
झापा। झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा शनिबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ का ३७ वर्षीय छविरमण ढकाल रहेका छन्। उपचारको क्रममा बी एण्ड सी अस्पतालमा ढकालको गएराति पौने १० बजे मृत्यु भएको हो।
बिज्ञापन



पूर्व-पश्चिम राजमार्गमा मे ३ प ९८९६ नम्बरको मोटरसाइकल शनिबार (हिजो) बेलुकी पौने ९ बजे पल्टिएको थियो।
