
दमक। दमकबाट पठाइएको ५४ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

दमकका दुई क्वारेन्टाइनका २५ जना र होम क्वारेन्टाइनका गरि ५४ जनाको स्वाव परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो । रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बस्दै आएका २५ जनालाई घर पठाइएको नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
बिज्ञापन



कोरोना संक्रमण नभएको पाइएपछि २५ जना घर गएपनि दमकका दुइ क्वारेन्टाइनमा २६ जना छन् । ति मध्ये ३ जना मंगलबार तेश्रो मुलुकबाट आएका हुन् । भट्टराईका अनुसार दमकको मानसरोबर क्वारेन्टाइनमा १८ पुरुष छन भने मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनमा ८ महिला छन् ।
