एमाले महाधिवेशनमा मतदान जारी, ओलीसहित ७०० ले गरे मतदान

सौराहा : चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा मंगलवार बिहान ४ बजेपछि मतदान शुरू भएको छ । जारी मतदानमा हालसम्म ७००ले मत खसालेका छन् । बिहान ४ बजेबाट सुरु भएको मतदानमा ६ बजेसम्म ७०० मतदाताले भोट खसालेका हुन् ।

एकपटकमा ६९ जनाले मत खसाल्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो । अध्यक्ष पदका उमेदवार केपी शर्मा ओली, भिम रावललगायतले मतदान गरिसकेका छन् । सर्वसम्मतीको प्रयास असफल भएपछि नेतृत्त्व चयनका लागि मतदान भएको हो ।

बिज्ञापन

महाधिवेशनमा निर्वाचनको लागि प्रयोग गरिएको विद्युतीय मेसिन आफूलाई सजिलो लागेको अध्यक्षका प्रत्यासी ओलीले प्रतिक्रिया दिएका छन्। सोमबार बेलुका ९ बजे नै सुरु हुने भनिएको मतदान प्रक्रिया मंगलबार बिहान ४ बजेपछि सुरु भएको हो। अधिकांश समूहका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन्। केही सीमित समूहमा मात्रै मतदान भइरहेको छ।