
कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव परिवारले छुन नपाउने भएका छन् ।

बिज्ञापन



कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको छ ।

हालसम्म शवको संसर्ग/ सम्पर्क बाट कोरोना अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउन यो नीति लागू गर्न कार्यविधिमा भनिएको छ ।
साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लैजानु पर्ने समेत भनिएको छ ।