कोरोना संक्रमित जुम्ल्याहा दिदीबहिनी केटी र एमाको मृत्यु

कोरोना संक्रमित ३७ वर्षीया जुम्ल्याहा दिदी बहिनी केटी र एमा डेविसको तीन दिनको अन्तरमा मृत्यु भएको हो ।

 

बिज्ञापन

मृत्यु हुनेमध्ये केटी बालबालिकाकी नर्स हुन् । उनको साउथह्याम्पटनको अपतालमा निधन भएको थियो । एमाको शुक्रबार सोही अस्पतालमा निधन भएको हो । एमा पनि पूर्व नर्स हुन् ।

 

उनीहरुकी दिदी जोइले भनिन्, ‘जहिले पनि उनीहरु यो संसारमा हामीसँगै आएका थियौँ र बिदा पनि सँगै हुन्छौं भन्थे, त्यस्तै भयो ।’ यी जुम्ल्याहा दिदीबहिनी अति मिल्ने र अधिकांश समय सँगै रहने गर्दथे ।