
काठमाडौँ – नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते (भोलि) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न बस्ने समितिको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ ।
बिज्ञापन



पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा उपस्थित हुन गरेका छन् ।
