कोदालो प्रहारगरि छाेराले गरे बाबुकाे हत्या

दमक/ शुक्रबार नवलपरासीमा दुईजनाको हत्या भएको छ ।

नवलपरासीकाे सुनवल नगरपालिका–२ स्थित औरहियामा आज  छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका छन्। शुक्रबार बिहान ११ बजे ३५ वर्षीय खेमराज थारुले बाबु ५० वर्षीय दयाराम थारु र अर्काे छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिएका छन् ।

बिज्ञापन

कोदालोले टाउकोमा प्रहारगरि  दुबैजनाकाे हत्याको गरेका हुन् । भने उनीहरूको घटनास्थलमै मृत्यु भएको पन्तले बताए ।

हत्यारा खेमराजलाई  पक्राउ गरि प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जानकाररी दिएकाे छ ।