
दमक / खोटाङको बराहपोखरी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको मोबाइल चार्जर छुटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाइएको छ।

घटना गएराति भएको हो। करेन्ट लागेपछि घटनास्थलमै राईको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
बिज्ञापन



