राप्रपाको झापा ४ बाट सिफारिसमा परेकी खुस्वु ओली को हुन् ?

झापा क्षेत्र नम्बर ४ मा रा.प्रा.पा. बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि खुस्वु ओलीको नाम सर्बसम्मत सिफारिस गरिएको छ।

वेलायतको अक्स्फर्ड विश्वविधालयमा राजनीतिशास्त्र अध्ययन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री खुस्वु ओली झापा निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि सर्वसम्मत रुपमा सिफारिस भएकि हुन्।

बिज्ञापन

युवा उद्द्यमी तथा अन्तराष्ट्रिय रणनीतिकार खुस्वु ओली हाल राप्रपामा केन्द्रीय प्रशिक्षक समेतको जिम्मेवारी सम्हालेकी छिन्। एक दशक देखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको एन.जि.ओ. ले हाल नेपालका कारागारहरुमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।

महिला र किसान शसक्तिकरण अभियान र सडक बालबालिकाको पुनर्स्थापनाको क्षेत्रमा ओलीको उल्लेखनीय योगदान रहेको बताइन्छ। झापामा रहेर लामो समय देखि कृषि क्षेत्रमा सेवारत रहेकी ओलीको झापा ४ को उपस्थितिले महिला र युवा वर्गमा प्रेरणा मात्र नभई नयाँ जोश र आशा समेत दिलाएको बताइन्छ।